गायिका समिक्षाले रिसाउदै भनिन् : “गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ त्यसैले मुख र मलद्वारको काम चिन”

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी सोसल मिडिया म्यानेजर राखेकी छिन् ।

 

 

उनले सामाजिक संजालमा राख्ने स्टाटसहरूले गर्दा उनले म्यानेजर राखेको भनेर लख काट्न गाह्रो छैन । उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् ।

 

आज पनि उनले बचनले दिएको घाउ मेट्न नसकिने बताउँदै एक स्ट्याटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो ।वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ ।

 

सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।

 

सम्बन्धित समाचार