पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना…..

काठमाडौ माघ /१- काठमाडौबाट पोखराको लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटिआर ७२ जहाज सेती खोचमा दुर्घटना भएको छ ।

६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना यात्रु लिएर उडेको विमान १० बजेर १४ मिनेटमा दुर्घटना भएको हो ।
पोखरा बिमानस्थल नजिकै दुर्घटना भएको जहाजमा आगो लागिरहेकोले अहिले बिमानस्थल र महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छ,भने विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

क्याप्टेन कमल केसीले उडाएको उक्त बिमानमा सवारमध्ये अहिले सम्म ३५ जनाको सब भेटिएको र जहाजको ९०% भाग जलिसकेको खबर प्राप्त छ। साथै केही घाइतेहरु निकालिएको र उपचारको लागि पठाइएको भनिएको छ।

सम्बन्धित समाचार