पुराना जहाज लाई हटाउनु पर्छ अन्य देश बाट वर्षौं चलाएका जहाज सस्तो मूल्य किन ल्याउँछन् ( काशी जेटली )

पुराना जहाज लाई हटाउनु पर्छ भन्ने विषय मा सामाजिक सञ्जाल मा चर्को आवाज लेख्न र बोल्न सुरु गर्नुहोस्, के था भोलि तपाईं र म त्यही पुराना जहाज मा एकल मै ज्यान गुमाउन त पर्ने होइन ?

 

युरोप तथा अन्य देश बाट वर्षौं चलाएका जहाज सस्तो मूल्य मा नेता हरू ले नै कमिसन खाएर नेपाल भित्राउँछन्, अनि काठमाण्डौ बाट पोखरा को जम्मा २५ मिनेट दूरी को यात्रा कति बेला कहाँ खस्ने हो र जीवन अन्त्य हुने हो भन्ने टुंगो छैन,

 

अनि हाम्रा देश का नेता हरु, दुर्घटना भए पछि जाना टोली को छानबिन समिति टोली बनाएका छैन , कसरी दुर्घटना भयो भनेर छिटै जानकारी गर्ने छौं भनेर तर एउटा नेता कोही पनि चुप छन्, की यी ३०/४० पुराना जहाज लाई उडान बन्द गर्नु पर्छ भनेर ,

 

हार्दिक श्रद्धाञ्जली दिन बहिके अरु केही गर्दैनन् , बरु त्यही जहाज मा दुर्घटना परेका लास को पनि कमिसन खाना तयार छन्, तर एउटा कुनै नेता ले आज कसैले पनि भनेन की पूरा जहाज लाई उडान बन्द गरौं भनेर, अहिले मैले सम्झिने नाम हो रवि लामिछाने,

 

रबि दाई आज नेता न भएर एक पत्रकार भएको भए आजा T.V बाट नेता हरू लाई पुराना जहाज तुरुन्त बन्द गरौं भनेर आवाज निकाल्नु त हुन्थ्यो र हामी पनि नेता हरू लाई गाली गर्दै भन्थेउ होला, ए नेता को थोत्रा जहाज मा कमिसन को चक्कर मा अझै कति जनता मार्ने भनेर ? तर आज रवि दाई अबसोच नेता मात्रै होइन, जनता को सुरक्षा को सबै भन्दा माथिल्लो स्थान मा हुनुहुन्छ ,

 

अब उहाँको भुमिका र आवाज आउँछ कि आउँदैन तर अहिले सम्म बोल्नु भएको छैन पुराना जहाज लाई छनोट गरी चल्न बन्देज गर्न को लागि , मैले आस गरेको नेता लाई त मैले लेखे अब बाँकी तपाईं भन्नु पर्ने र आस गरेको नेता लाई..

 

नाम : काशी राम सुनार ( काशी जेटली )

हाल : ओमान

ठेगाना : पोखरा

सम्बन्धित समाचार