आइतबार पोखरामा दुर्घटना भएको जहाज प्राबिधिक कारणले दुर्घटना भएको अनुमान..मृतकहरुलाई समबेदना प्रकट गर्दै आज सार्बजनिक बिदा ….

पोखरा / पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव हिजो साझ अबेलासम्म संकलन गरिएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव आज बिहान निकालिएको हो । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सम्पुर्ण मृतकहरुप्रति समवेदना प्रकट गर्दै आज सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडौबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।

विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन् । विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

विमानमा सवार हुने यात्रुहरु :- किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जीतेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट,लोक दोहोरी गायिका निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीताकुमारी खड्का थिए । यस्तै, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल,पत्रकार त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना थिए ।

विदेशी नागरिकमा :- मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बन्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे थिए । शिशुहरूमा कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा थिए । अन्य २ शिशुको नाम खुलेको छैन भने पहिचान भएका शबहरु आफन्तहरुलाई आजै जिम्मा लगाउने खबर प्राप्त भएको छ।

यसको साथै सोही दुर्घटनामा परि ज्यान गुमाएकी लोक तथा दोहोरी गायिका निरा छन्त्यालको आत्माको चिर शान्तिको कामना गर्दै राष्ट्रिय लोक तथ दोहोरी गित प्रतिष्ठान नेपालले आज देशैभरिका शाखाहरुमा शोक मनाउने निर्णय गरेको छ र सम्पुर्ण दोहोरी साझहरु बन्द गर्न पनि अनुरोध गरेको छ।

 

 

दुर्घटनामा ज्यान गुमाउने चालक दलको सदस्यहरु सहित सम्पुर्ण यात्रुहरु प्रति गहिरो समबेदना प्रकट गर्दै परिवारजनमा भगवानलेधैर्य धारण गर्ने शक्ति गरुन ।

 

सम्बन्धित समाचार