अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएपछि बधाई को ओइरो

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको छ  ।

अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुने भएका छन् ।

गत फागुन ११ गते नाबालिकाका बुबाले शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीपश्चात् फरार रहेका शाह आफैँ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

 

सम्बन्धित समाचार