एक युवक र युवती दुई जना मृत अवस्थामा फेला

बैतडी । यहाँ एकजना युवक र अर्की एक जना युवती गरेर दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका– ४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उहाँको जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहनुभएको थियो । चन्दको मृत्युकाे कारण खुल्न नसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

 

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला पर्नुभएको हो ।

 

राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी थिइन् । घाँस काट्न निस्केकी उहाँ घर नआएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको हो ।

सम्बन्धित समाचार