जुम्लामा जडीबुटी मिसाएको खाजा खाएपछि तीन जना बिरामी एक जनाकाे मृत्यु

जुम्ला – जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हाे ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ-८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार