लोकदोहोरी गायिका धनमाया नेपाली र राजेन्द्र घर्ती मगरको कठै जिन्दगी बजारमा सार्बजनिक भिडियो सहित

सरु गैरे बागलुङ – समाजसेवी एवम् संगीतप्रेमी अनुरोध प्रताप सिंह ( अशोक जिविएस)को निर्माण तथा प्रस्तुतिमा लोकदोहोरी गायिका धनमाया नेपाली र राजेन्द्र घर्ती मगरको स्वर रहेको ” कठै जिन्दगी ” बोलको झ्याउरे लयमा सिर्जना गरिएको लोकगीत रिलिज गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रीतु तामाङ र गोबिन्द बिबिशको अभिनय रहेको छ । गीतमा चर्चित लोकदोहोरी गायिका टीका सानुको , शब्द, राजेन्द्र घर्तीको सङ्गीत रहेको छ ।

भिडियोमा मानव जीवन र जीवनमा घट्ने घटना , परिघटनाका साथै जीवन व्यतीत गरिरहँदा आईपर्ने वास्तविक कहानीलाई देखाइएको छ ।

एरेन्जरकृष्ण बि.क. र श्याम यात्रीको सम्पादन रहेको भिडियोको निर्देशन चेतन गोतामेले गरेका हुन् । ’कठै जिन्दगी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार