पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अजय कुमार श्रीवास्तव

राजन कुमार बानिया

पर्सा,

पर्साको पोखरीया नगरपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले हाजिर भई कार्यभार समालदै अाज एक समहारोह का बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।पोखरिया नगरपालिकाको सभा हल मा भएको परिचयात्मक कार्यक्रम मा

पोखरीया नगरपालिकाका का मेयर प्रद्युमन प्रसाद चौहानको अध्यक्ष्ातामा भएको परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तव लाई मेयर चौहान ,नगरपालिकाकी उपमेयर रूबी कुमारी ठाकुर ,वडा अध्यक्ष प्रमोद गिरी,केदार महतो चाई, महेंद्र महतो चाई , रामप्रवेश प्रसाद चौहान लगायत जनप्रतिनिधिहरु तथा नगरपालिकाका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई फुलमाला तथा अवीर लगाएर नगरपालिकामा स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले पोखरीया नगरपालिकाको कार्यभार समाहल्दै नगरपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।

अाफ्ना कर्मचारी संग बैठक बसी अाफ्नो कर्मचारी हरु लाई काम काज र यहाँ को नियमकानुन को बारेमा निर्देशन दिनु भएको हो।प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तव ले अाफ्ना मातहत का कर्मचारी हरु संग कुरा कानी गर्दै भने नगरपालिका कार्यालय मा बिहान १० बजे अाउने र ५ बजे जाने ,र कार्यालय अाउदा सरकारी पोसाक मा अाउने परिचय पत्र समेत कार्यालय अाउनु पर्नेमा निर्देशन दिनु भएका छन। अधिकृत श्रीबास्तव ले कर्मचारी हरु लाई ईमानदारी पुर्वक काम गर्न र जनता को काम र बिकास को काम छिटै गर्न अाग्रह समेत गर्े।

 

सम्बन्धित समाचार