प्रधानमन्त्री प्रचण्डले भन्नु भयो शहीदको सम्मानका लागि देश विकासको सङ्कल्प गरौँ

k|wfgdGqL …k|r08Ú nufot ;lxb :df/sdf sf7df8f}F, !^ k'; M n}grf}/l:yt ;lxb :df/sdf k'iku'R5f tyf ;Ddfg ck{0f ;fy} df}gwf/0f ub}{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार आज शहीद दिवसको अवसरमा लेनचौरमा रहेकाे शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

उहाँले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउनु भयो । उहाँले देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताउनु भयो । उहाँले राष्ट्र, नागरिकको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउनु भयो ।

उहाँले माघ १६ गतेलाई मात्रै स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्ने बताउनु भयो । आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि सङ्कल्प गर्नुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छाैँ । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन् ।

उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र नागरिकको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भूमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छाैँ ।

स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’

 

प्रधानमन्त्री दाहालले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गर्नुभयो । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार