रुकुम पश्चिममा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु एक घाइते

रुकुम पश्चिम

 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाको बगरमा हिजो राति ट्याक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मुसीकोट(४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको ज्यान गएको हो भने चालक घाइते भएका छन् ।

 

Muna TeaYamaha Inner News

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते बिकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।

 

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते हुनुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ । उहाँलाई थप उपचारको लागी नेपालगञ्ज पठाइएको छ । ट्रलिबिनाको खाली ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार