रवि लामिछाने लाई गृहमन्त्रालयमा फर्काउन कुनै छलफलकाे आवश्यक छैन् अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् ।

 

बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले पूर्वसहमती अनुसार गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताए ।

 

अध्यक्ष ओलीले रविलाई गृहमन्त्रालयमा फर्काउन अदालतको पूर्णपाठ नचाहिने तर्कसमेत गरेका छन् ।

 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्ण पाठ नआएसम्म रविलाई गृहमन्त्री नबनाउने बताएका थिए ।

 

पत्रकारहरुले ओलीलाई रविको नागरिकता विवादको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ नी ? भनेर सोधेको प्रश्नमा ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’ भन्दै जवाफ दिएका थिए ।

 

रविलाई गृहमन्त्री दिनुपर्ने विषयमा कुनै छलफल आवश्यक नभएको अध्यक्ष ओलीको भनाइ छ ।

 

उनले गठबन्धनमा कुनै खटपट नभएको पनि जिकिर गरे । उनले गृहमन्त्री र राष्ट्रपतिको विषयका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने पनि स्पष्ट बताएका छन् । न्युज २४ नेपाल बाट

सम्बन्धित समाचार