दोहा,कतार / सन : २००६ मा कतारमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ कतारको २०२३-२०२५ कार्यकालको लागि नवौं महाधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
दोहा स्थित ओसिस विच क्लवको सभाहलमा महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको सभापतित्वमा शुरु भएको कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । ब्यानर उद्घाटन,दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष काजी गुरुङले सस्थाको संक्षिप्त परिचय सहितको स्वागत मन्तव्य राख्नुभएको थियो भने बालकलाकारहरु द्वारा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै प्रमुख अथिती नेपाली दूतावास कतारका महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले बिश्वमा आदिवासी जनजातीकोहरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्रस्थानमा रहेको साथै विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोले त्यसको सम्मान, संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको बताउनु भयो । आफुले सकेसम्म नेपाल र नेपालीको शिर झुक्ने कार्य नगर्ने प्रतिबद्धता गर्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त दिनुभएको थियो ।
कार्यक्रममा सामाजिक व्याक्तित्व बिमल सुवेदी ,सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतार उपसभापती ठाकुर कुमार परियार, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, एनआर एनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसिसिबाट तेज कटुवाल महासंघ कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, नेपाली महिला समाज, मातृ संस्थाका अध्यक्षहरु लगायत जिल्ला संस्थाहरु, साहित्यिक संस्थाहरु प्रदेश संस्थाहरुबाट प्रतिनिधिहरुले सस्थागत तथा ब्यक्तिगत मन्तव्य राखेका थिए ।
संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल बहादुर गुरुङ र शुक बहादुर तामाङलाई संस्थालाई निरन्तरता दिएको आधारमा फेटा, दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो,त्यसैगरी नेपाली नियोगका दृतिय सचिव प्रवीण भट्टराई ४ बर्षे कार्यकाल सफलताका साथ पूरा गर्दै नेपाल जानू हुने भएको हुदा वाहाले नेपाली संघ संस्था र समुदायमा खेलेको महत्त्वपूर्ण भुमिकाको उच्च कदर गर्दै फेटा, दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित हुनुभएको थियो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पनि महासंघ कतार सग सहकार्य समन्वय, समर्थन र सहयोगको उच्च कदर गर्दै अध्यक्ष महम्मद मुक्तता मुसल्मानलाई पनि फेटा ओढाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
साथै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सांस्कृतिक संयोजक सामुयल सुनुवार (साम) ले विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा महासंघ कतारलाई दिनु भएको योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरी महासंघमा आबद्ध विभिन्न मातृ संस्थाहरुलाई कदर पत्र साथै मातृ संस्थामा रहेका कलाकारहरुलाई कदर तथा प्रशंसा पत्र बितरण गरिएको थियो । सबै मातृ संस्थाका कलाकारहरुले आफ्नै भेषभुसामा सजिएर आफ्ना मौलिक सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्दा कार्यक्रममा अझै धेरै रौनकता थपिएको थियो ।
महासचिव एकराज राईले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष एवंम कार्यक्रम सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमद्वारा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
– महासंघ कतारका नवौं २०२३-२०२५ कार्यकालका लागी नवौं महाधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमिती,
१. अध्यक्ष – डि.एन. मगर (दुर्गा प्रसाद पाङमी)
२. बरिष्ठ उपाध्यक्ष – भाईकाजी गुरुङ
३. प्रथम उपाध्यक्ष – एकराज राई
४. द्वितिय उपाध्यक्ष – मिलन भुजेल
५. महासचिव – धिरेन तामाङ
६. उप–माहासचिव – हरि बहादुर महतो
७. सचिव – राकेश श्रेष्ठ
८. कोषाध्यक्ष – तेन्जी शेर्पा
९. सहकोषाध्यक्ष – सुजन माबो लिम्बु
१०. विभागिय सचिव – तेजिलाल मण्डल
११. विभागिय सचिव – जमुना श्रेष्ठ
१२. वभागिय सचिव – ल्हेमी शेर्पा
१३. विभागिय सचिव – रमानन्द चौधरि
१४. विभागिय सचिव – लिला राई
१५. विभागिय सचिव – निर बहादुर सुनुवार
– संघिय परिषद सदस्यहरु,
१६. विजय कुमार मगर
१७. अभिमत पुन मगर
१८. सुनिल लिम्बु
१९. कृष्णमाया लिम्बु
२०. दुर्गा गूरुङ
२१. शिला गुरुङ
२२. प्रेम बहादुर राई
२३.राम कुमारी तामाङ
२४. श्री बहादुर तामाङ
२५. कञ्चन कुमारी चौधरी
२६. मेनुका सुनुवार
२७. कमल विक्रम सुनुवार
२८. रोज भुजेल
२९. गिता भुजेल
३०. राम बहादुर मानन्धर
३१. प्रकाश मण्डल
३२. राजेन्द्र मण्डल
३३. पेम्बा शेर्पा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्