बलात्कार गरेकाे आराेप लागेका पाण्डेलाई ७ वर्ष कैद सजाय

काठमाण्डाै – सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाण्डाैले सात वर्ष कैद सजाय सुनाएको छ ।

 

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय तोकेको हो । बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको थियो ।

मिस ग्लोबल इन्टरनेशनल नामको सौन्दर्य प्रतियोगिताका आयोजक पाण्डेले सन् २०१४ को प्रतियोगितामा सहभागी एक बालिकालाई नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो । त्यतिखेर आफू नाबालिग नै भएको र त्यस घटनापछि विक्षिप्त भएको भन्दै गएको जेठमा ती किशोरीले टिकटकमा २२ वटा भिडिओ क्लिप सार्वजनिक गरेकी थिइन् । भिडिओ सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जोहेरी दिन भन्दै अनुसन्धान अघि बढाएको थियो । प्रहरीले पाण्डेलाई गएको जेठ ७ गते पक्राउ गरेको थियो । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार