दुवै मृगौला फेल भएका प्रेम बहदुरलाई सहयोगको अपिल

दुवै मृगौला फेल भएर पीडित बनेका प्रेम बहदुर छन्त्यालले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! बाग्लुङ्ग ताराखोला गाउँपालिका वडा न:१ अस्रल निवासी भिम बहादुर छन्त्यालको छोरा दान कुमारी गुरुङको श्रीमान प्रेम बहादुर छन्त्यालको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।

प्रेम बहादुरको दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ।

पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै मृगौला फेल भएर एक्कासी प्रेसर बढेर आँखा देख्न समस्या भएको सल्लाह दिए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।

 

चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित अम्मरले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

 

लेक सिटि हस्पिटल पोखरामा उपचार गरिरहेका प्रेमको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

 

दुबै मृगौला प्रत्यारोपण गर्न ३० देखि ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका परिवार चिन्तामा परेको छ । आफ्नो छोरा र श्रीमानको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि भएको पैसा पढाउदैमा सकियो अब त छोराले कमाउने भयो केही साहारा हुन्छ भन्ने बेलामा छोरालाई रोग लाग्यो । अहिले उहाको आफ्नै श्रीमतिको मृगौला प्रेमलाई प्रत्यरोपन गराउन लाग्ने खर्चकोअभाव ले प्रत्यारोपण गर्न ढिलाई भएको उहाको भाईले जानकारी गराउनु भयो ।’ उनले दाजुको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ।

 

स्वयम् प्रेम बहादुर छन्त्यालको

साङ्गृला डेभलपमेन्ट लि . खाता न:

A/C 00301200149206000001

सहयोग गरि दिनु हुन अनुरोध गरिन्छ।

फोन न: 9813274940

प्रेम बहादुर छन्त्याल

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

 

सम्बन्धित समाचार