बसले स्कुटरलाई ठक्कर दिएपछि एक युवतीको मृत्यु 

पोखरा । पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

 

आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँएकाे थियाे । साे दुर्घटनामा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

 

बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा आचार्य गम्भीर घाइते भएकी थिइन् । उनलाइ उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

 

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए । सडकमा खाल्डाखुल्डीकाे कारण स्कुटर अनियन्त्रित हुन पुगेकाे स्थानीयले जनाएका छन् ।

 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार