प्रमिला तामाङको अभियानमा बिरामी पन्चबहादुरलाई सहयोग रकम हस्तान्तरण….

सिन्धुपाल्चोक, जुगल गाउपालिका -०७ तिनघरे निवासी पन्च बहादुर तामाङ रोजगारि सिलसिलामा खाडि मुलुक दुबई पुगेका थिए । सोही क्रममा लगभग डेड बर्ष जति काम गरीसकेपछि आफ्नै बस्ने कम्पनिको भर्‍याङबाट लडेर सामान्य चोट लागेको तर बिस्तारै रगत जमेर नसा खुम्चिएर समस्य जटिल हुदै जादा कम्पनीले उपचार  नगरीदिएको र त्यहि अबस्थामा काम गरिरहदा सिकिस्त भएकोले नेपाल फर्किन बाध्य भएका थिए । उपचारमा ढिला भएका कारण समस्या भएको खुट्टाको मासुनै काटेर फाल्नु परेको थियो ।

मध्यपुर हस्पिटलमा उपचार क्रममा  बिरामिले कमाएको तिन लाख र ऋण लिएको ६ लाख रकमले कुनै उपाय नलागेपछि बिरामीको परिवारिक आर्थिक अवस्था पनि नाजुक भएको हुदा राष्ट्रिय  ट्रमा सेन्टरमा लगेर उपचार गरिरहेको अवस्थामा बिरामिको अबस्था देखेर  दिन दुखि गरिब आसाय प्रति सेवाको भावाना बोकेकी समाज सेवि सिन्धुपाल्चोक-जिल्ला, जुगल ७ याङ्लाकोट, निवासी प्रमिला तामाङले सुरुवात गरेको ब्यक्तिगत सहयोग अभियानबाट उठेको ८६,००० छ्यासि हजार रकम बिरामि परिवारलाई हस्पिटलमा गएर हस्तान्तरण गरिएको  छ ।

उक्त रकम सहयोगी मनका धनिहरु प्रति सबैको नाम लिन नसके पनि एक मुष्ट सबैलाई सम्झिएको र सहयोगिदाताहरु सबै नेपाल अधिराज्यभरीबाट रहेको तामाङले जनता खबरलाई जानकारी गराएकि छिन । थोरै रकम भए पनि  बिरामी र बिरामीको परिवारलाई राहत होस भनेर सहयोग अभियान गरिएको र अझै बिरामिको खुट्टाको अप्रेसन गर्नु पर्ने लागत करिब २० लाख अनुमानित गरिएको परिवारले बताएका छ्न ।

अभियानकर्ता प्रमिला तामाङ रोजगारि सिलसिलामा पाच बर्ष  कतारमा रहदा बिभिन्न सघ सस्थामा आवद्ध रहेर समाज र समुदायमा आई परेका बिभिन्न समस्यहरुमा सक्रीय रुपमा समाज सेवा अभियानमा लागेको र आफ्नो जन्मभुमि नेपाल फर्किएर पनि समाज सेवा अभियानलाई निरन्तरता दिदै आएको बताउछिन ।

 

सम्बन्धित समाचार