प्रतिकेजी ३३.५१ रुपैयाँ सरकारले तोक्यो गहुँको समर्थन मूल्य,

काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ।

यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ भएको छ ।

समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।

सम्बन्धित समाचार