दुःखद खबर: ३ महिना अघि मलेसिया पुगेका २१ वर्षीय मन्जित राणा मगरकाे मृत्यु 

मलेसिया: देशमा रोजगार नभए पछि विदेशिनु पर्ने हाम्रो लागि बाध्यतानै बनिसकेको छ परिवार लाइ खुसी राख्नकै लागी मलेसिया र खाडी मुलुक जाने नेपाली युवाको संख्या लाखौं छन्।

 

विदेशमा पुगेर पनि भने जस्तो काम हुँदैन, तोकेर पठाए बमोजिम तलब नपाउने ठगीमा पर्ने, काम गर्ने क्रममा दुर्घटना हुने ,अपाङ्ग हुने ज्यान गुमाउने जस्ता समस्या हामीले सुन्दै र भोग्दै आएका छौ।

 

यस्तै 2023/02/28 मा नवलपरासी जिल्ला कावासोतीका 21 वर्षीय मन्जित राणा मगरकाे मृत्यु भएको छ उनी मलेसियाको जोहर सेनाई स्थित TREND TECHNLOGIES MALAYSIA SDN BHD कम्पनीमा कार्यरत थिए करिब 3 महिना अघि मात्रै जन्मभुमि छाडेर मलेसिया पुगेका थिए राणा।

 

तिन महिना अघि एकै परिवारका दाजू भाईनै एउटै कम्पनीमा गएका थिए भाइकाे मृत्यु भएपछि दाइ मिलन राणा मगर अहीले पिडामा छन् साथै स्वदेश फर्किने वा विदेशमै काम गर्ने भन्ने बारेमा अलमल मा परेको छ।

 

राणा बिरामी पनि नभएको बेलुका राम्रै सँग खाना खाएर सुतेका थिए र बिहानको करिब ४:१५ बजे तिर खोकी गरेको र उनी छट्पटाई रहेकाे सुत्ने खाट हल्ले पछि सोही रुममा सुत्ने साथीले थाहा पाएपछि सबैले उनलाई बोलाउँदा बोलाउँदै करिब ५ मिनेटमा उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत र होस्टेल पनि सङ्गै भएको हेल्प मधेसी मलेसिया का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो ले नेपाली जनता खबर लाई जानाकारी दिए साथै उनको शव स्वदेश पठाउन कम्पनीले प्रकिया सुरु गरिसकेको र नेपाली दुतावास मलेसियाले पनि आवश्यक अनुसारको सहयोग गर्ने पनि महतोले बताउनु भयो।

सम्बन्धित समाचार