भक्तजनको उपस्थिती बढ्दै देवघाटधाममा जारी रामायण महोत्सवमा

नेपालमै पहिलो पटक देवघाटधाम चितवनमा आयोजना गरिएको रामायण महोत्सव तथा महायज्ञमा भक्तजनको उपस्थीति उल्लेख्य मात्रामा बढेको छ ।

लक्ष्मीनाराण मन्दिर वि.सं. २०२३ सालमा श्रजनार्दनाचार्य स्वामीले स्थापना गर्नुभएको थियो । यस मन्दिरमा वि.सं. २०२८ सालमा श्रीवैंकटेश भगवान, श्री महालक्ष्मी, श्रीगरुणजी लगायतको प्राणप्रतिष्ठा गरि नित्य मगवत आराधना हुँदै आएको छ ।

श्रीवैष्णव परिषद् नेपालका अध्यक्ष देवराजाचार्य स्वामीको संरक्षकत्वमा आयोजित महोत्सवमा डा. श्री पुरुषोत्तमाचार्य स्वामीद्वारा कथा प्रवचन एवं अच्युत प्रपन्नाचार्य स्वामीद्वारा संगीतमय पाठपारायण भैरहेको महायज्ञका संकल्पकर्ता श्रीधराचार्य स्वामीले बताउनुभयो ।

रामायण नवाह ज्ञानमहायज्ञमा बिभिन्न विद्वानहरुबाट संगीतमय भानुभक्त रामायण, अध्यात्म रामायण,आनन्द रामायण, अद्भुत रामायण, जानकी हरण रामायण, चम्पु रामायण आदि विविध रामायणहरुको पाठपारायण भैरहेको महायज्ञ आयोजक समितिका सचिव फुलनाथ न्यूरेले जानकारी दिनुभयो ।

श्री लक्ष्मीनारायण मन्दिर देवघाटधाम चितवनको आयोजनामा यही फागुन १४ गते देखि सुरु भएको महायज्ञ यही फागुन २३ गतेसम्म चल्नेछ । रामायण महोत्सवमा श्रीमद् बाल्मिकीय तथा तुलसीदासकृत रामायण आदिको प्रवचन भैरहेको छ ।

मन्दिरको नित्य सेवा सञ्चालन तथा व्यवस्थापनको उद्देश्यका साथ अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार