आखिर होली : केमिकलयुक्त रङ्गले ल्याउन सक्ने जोखिम किन त…

काठमाडौं । होलीलाई रङ्गहरुको पर्वको रुपमा मनाइन्छ । विभिन्न रङ्गसंग खेल्ने होली पर्वमा मुलुकका विभिन्न स्थानमा भेला, जमघट र कार्यक्रम नै हुने गर्छ । तर, होली खेल्दा प्रयोग हुने रङ्गमा हानीकारक केमिकल प्रयोग बढि मात्रामा हुने गर्दछ । जसका कारण यस्ता हानीकारक रङ्गको प्रयोगले छाला, कपाल, आँखामा असर पार्ने चिकित्सकहरुले बताउने गरेका छन् ।

 

असत्य माथि सत्यको विजय उत्सवका रुपमा होली पर्व मनाइन्छ । होलीमा मानिसहरुले एक आपसमा रङ्ग लागाएर सद्भाव प्रकट गदै यो पर्व मनाउने गर्छन् । तर होलीमा खेलिने रङ्गमा घातक रसायनयुक्त केमिकल मिसाइने भएकाले यस्ता रगंको प्रयोग हानीकारक हुन्छ ।

 

होलीमा प्रयोग हुने रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड तथा कालो रङ्गमा लिड अक्साइडजस्ता रासायनिक तत्व मिसाइएका हुन्छन् । रसायनयुक्त रंगको प्रयोगले विशेष गरी छाला, कपाल तथा आखाँमा असर पार्ने चिकित्सक बताउँछन ।

 

होलीमा प्राकृतिक रङ्गको प्रयोग फाइदाजनक हुने गरे पनि केमिकलयुक्त रङ्ग भने हानीकारक मानिन्छ । विषक्त रङ्गको प्रयोग गरी विभिन्न खालका समस्या लिएर विगतमा पनि अस्पताल आउने गरेको छाला रोग विशेषज्ञको अनुभव छ ।

 

त्यसैले होली खेल्नु अगाडी छालाको सुरक्षाका लागि छालाको भित्रि भागमा केमिलक पस्न नदिन मोस्चरराजर, सनस्क्रीन क्रिमलाई बाक्लो गरी प्रयोग गर्न चिकित्सको सुझाव छ ।

 

साना बालबालिका र गर्भवतीको छाला सेन्सेटिभ हुने भएकाले रङ्गको प्रयोग गर्दा विशेष सर्तकता अपनाउनु आवश्यक छ । होलीमा केमिकलयुक्त रङ्गहरुको साटो प्राकृतिक रङ्गहरुको प्रयोग उपयुत मानिन्छ ।

 

जसकालािग पहेँलोको लागि बेसारको, मेहेन्दी विभिन्न फूलहरुको रस पनि रङ्गको रुपमा प्रयोग गर्न सकिन्छ ।

 

जसले छालालाई कुनै प्रकारको नोक्सान पु-याउँदैन साथै होली पर्वलाई रगीन र थप उत्साहजनक बनाउन समेत सकिन्छ । न्युज २४ नेपाल बाट

सम्बन्धित समाचार