कुर्सी ठूलो होइन, काम ठूलो हो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री : सुदन किराती

सर्लाही – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताउनुभएको हो ।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आइतवार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा मन्त्री किरातीले भन्नुभयो, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण नागरिकले सजिलोसँग बुझ्नै पर्छ ।’

उहाँले मन्त्रालय नागरिकको हो भन्दै नागरिकसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । नागरिकको प्रगति नै देशको उन्नति हो भन्दै उहाँले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताउनुभएको छ ।

सम्बन्धित समाचार