१० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिए उपराष्ट्रपतिबारे

????????????? ????? ??????????? ?????? ?????????????? ???????? ??????? ?????? ???? ???? ????? ?? ???? ?????? ?????? ????????????? ??? ????? (??????? ???????) ???????? ????? '???????' , ?????? ??????????? ?????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

काठमाण्डाै – १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनकाे बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

बैठकमा उपराष्ट्रपति चुनावकाे बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयाे । उहाँले १० दलका बीचमा सकारात्मकरूपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति चुनावका लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ ।’

नेता बस्नेतले सरकार विस्तारलगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताउनुभयो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत १० दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत हुनुहुन्थ्याे । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार