राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिदै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं,। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।

टोली राष्ट्रपतिबाट बधाई थाप्न शितलनिवास पुगेको थियो । यअसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि टोलीलाई बधाई दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको उल्लेख गरेका थिए ।

उनले नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी तीन लाख पुरस्कारको घोषणा समेत गरेका थिए ।

 

सम्बन्धित समाचार