सडक दुर्घटनामा १७ जनाको मृत्यु २५ जनाभन्दा बढी घाइते

ढाका । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

 

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् ।

 

द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।

 

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् ।

 

गत सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो । न्युज २४ नेपाल बाट

सम्बन्धित समाचार