किराँत मुल समारोहको कलाकार भेटघाट तथा सास्कृतिक कार्यक्रम सम्पन्न…

दोहा कतार/ कतारमा खास गरि हरेक हप्ताको शुक्रबार बाक्लो नेपाली कार्यक्रमहरु हुने गर्छन, फरक-फरक सस्थाहरुले विभिन्न बिषयहरुसङ्ग जोडेर सास्कृतिक कार्यक्रमहरु गर्ने गरेको पाइन्छ।

सोही क्रममा गत शुक्रबार अर्थात १७ मार्च २०२३ मा दोहा कतारमा स्थापित किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारद्धारा किरात मूल समारोह आयोजक समिति अन्तर्गतको साँस्कृतिक विभागद्धारा आयोजित कलाकार भेटघाट तथा साँस्कृतिक कार्यक्रम २०२३ सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा औपचारिक रुपमा सुरु भएको कार्यक्रममा किरात मूल समारोहका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका साँस्कृतिक संयोजक जमुना श्रेष्ठ र महासंघमा आवद्ध मातृसंस्थाहरुको साँस्कृतिक संयोजकहरु, मूल समारोहका अग्रज तथा सल्लाहकारहरुको उपस्थितमा दिप प्रज्वलन र ब्यानर अनावरण सङ्गै उप-संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष निर बहादुर सुनुवारले कार्यक्रमको बारे प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए ।

किरात मूल समारोह आयोजक समिति दोहा कतारले आयोजना गर्दै आएको किरातीहरुको महान चाड तथा ऐतिहासिक दिनहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेर संस्थालाई योगदान गर्नुहुने कलाकारहरुको सम्मानको लागि कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रम कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ मा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साँस्कृतिक संयोजकको हैसियतले कतारमा विभिन्न संघ संस्थाहरुलाई समन्वय गरि नेपाली समुदायबाट मौलिक साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरि अतुलनिय योगदान पुर्याउनु हुने सम्पुर्ण कलाकारहरुको उच्च मुल्याङ्कन गर्दै किरात मूल समारोह आयोजक समितिको तर्फबाट सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहकार सामुयल सुनुवार साम किराया शाखा कतारका सिलिमोपा पदम बहादुर राई र विभिन्न कार्यक्रमहरुमा नृत्य प्रशिक्षकको रुपमा अग्रणी भुमिका निभाउनु हुने सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारलाई किरात मूल समारोह आयोजक समिति दोहा कतारका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शंकरमान राई, उप-संयोजक सुनुवार सेवा समाज कतारका अध्यक्ष निर बहादुर सुनुवारले खादा लगाई दोसल्ला ओढाएर सम्मान-पत्र सहित सम्मान गरेका थिए भने कार्यक्रममा अन्य कलाकारहरुलाई पनि कदरपत्र र प्रशांसपत्र प्रदान गरिएको थियो ।

त्यसैगरि कार्यक्रममा किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको सल्लाहकार नेपाल आदिवासी जनजाति महासघ कतारको सास्कृतिक संयोजक र विभिन्न मातृ संस्थाहरुको सास्कृतिक संयोजकहरु लगायतका बक्ताहरुले कलाकारहरुलाई उच्च सम्मान सहित हौसला प्रदान गर्ने यस्ता किसिमका कार्यक्रमहरु गर्न आवस्यक रहेको र आगामी दिनहरूमा अन्य संस्थाहरुले पनि यस्तो किसिमको कार्यक्रमहरु आयोजना गर्न सुझाव सहितको आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको मध्यतिर किरात याक्थुङ चुम्लुङ कतारको सास्कृतिक बिभागबाट सगुन कोसेली प्रदान गरिएको थियो भने कार्यक्रम अबधिभर दोहामा सर्बाधिक रुचाइएको  बालकलाकारहरु र अन्य थुप्रै स्थापित कलाकारहरुको विभिन्न बिधाको मनोरञ्जनात्मक प्रस्तुतीहरुले उपस्थित सबैलाई आकर्षित बनाएका थिए ।

मूल समारोह आयोजक समितिका सदस्य सचिव तथा सुनुवार सेवा समाज शाखा कतारका महासचिव शुभराज सुनुवारले पहिलो चरणको कार्यक्रम सकाए पश्चात दोस्रो चरणको साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारले सहजीकरण गरेका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभपति धर्मराज राईले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गराउन आ-आफ्नो ठाउबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने र उपस्थित सबप्रति आभार व्यक्त सहित धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित समाचार