प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पनि विश्वासको मत पाउँन सफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका छन् । सोमबार संसदमा विश्वासको मत मागेका प्रचण्डले पक्षमा १७२ मत पाए भने विपक्षमा ८९ मत पाए । यस्तै, दिन्न भन्नेमा एक मत पाएका छन् ।

 

२६२ जना संसदमा उपस्थित थिए ।

 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन्।

 

त्यतिबेला नेपाली कांग्रेस, नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका थिए । तर, एमाले, राप्रपासहितका दलले समर्थन फिर्ता लिएपछि पुनः प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो ।

 

अहिले कांग्रेससहितका अन्य दलको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका छन् । एमाले प्रतिपक्षको बेन्चमा पुगेको छ ।

सम्बन्धित समाचार