सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधवार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गएको ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।

सम्बन्धित समाचार