डिभिजन बन कार्यालयका हाकिमलाई महिला कर्मचारी दुर्व्यवहारको आरोप

डिभिजन बन कार्यालय रामेछापका अधिकृत रामशरण गौतमले आफ्नै कार्यालयको महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा बन मन्त्रालयमा उजुरी परेको छ । अधिकृत गौतमले कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेको भन्दै एक महिला कर्मचारीले नाम सार्वजनिक नगर्ने गरि बेनामी उजुरी दर्ता गरेकी हुन ।

उनले बन मन्त्रालयमा उजुरी दिएर बन तथा वातावरण मन्त्रालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय रामेछापमा बोदार्थ दिएपछि सो घटना सार्वजनिक भएको हो । अधिकृत गौतमले महिला कर्मचारीको म्यासेन्जरमा अश्लील सामाग्री पठाउने, अश्लील शब्द प्रयोग गर्ने, साझ विहान निजि आवासमा बोलाउने लगाएतका क्रियाकलाप गरेको भन्दै उजुरी परेको एक कर्मचारीले बताउनुभयो ।

उजुरीको सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उजुरी परेको सत्य भएको भन्दै उजुरीको विषयमा अनुसन्धानको प्रकृया अगाडि बढाएको र छानबिन भैरहेको बताउनुभयो । यसैगरी उजुरीका विषयमा डिभिजन बन अधिकृत रामशरण गौतमसँग सम्पर्क गर्दा उहाँले आफू विरुद्ध संड्यन्त्र पुर्वक फसाउने नियतले बेनामी उजुरी दिएको बताउनुभयो । उहाँले यो सबै निराधार र भ्रामक कुरा हो भन्दै उजुरीका विषयमा अनुसन्धानलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार