बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु एक ११ बर्षिय बालिका…

रामेछापको मन्थली नगरपालिका वडा नं ७ कौछिनी मानेखोप भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।

बा ११ च ५५३ नम्बरको बोलेरो गाडी दुर्घटनामा सोही ठाउँका जेसुन थोकर,ज्यानरानी तामाङ,नन्द माया भण्डारी र एक ११ बर्षिय बालिकाको मृत्यु भएको त्यहाँका वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक शंकर आले सहित ५ जना घाईतहरुको अवस्था गम्भिर रहेको छ उहाँले बताउनुभयो । बोलेरोमा १२ जना सवार रहेका थिए ।

बोलेरो गाडी लगभग सडकदेखी ७० मिटर तल खसेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी मानेखोप हिँडेको गाडी अन्तिम गन्तव्य नजिकै पुगेर दुर्घटनामा गरेको होे ।

दुर्घटनामा मृत्यु तथा घाईतेभएकाहरुको उद्धारको काम भैरहको उहाँले बताउनुभयो । दुर्घटनामा मृत्यु तथा घाईते भएकाहरु सबै त्यहाँको स्थानिय रहेको पनि वडाअध्यक्ष प्रसाईले बताउनुभयो ।

सम्बन्धित समाचार