सत्ता गठबन्धनमा किचलो निस्कियो : चित्रबहादुर केसी

काठमाडौं,। सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ । गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छ् ।

 

खासगरी साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको भन्दै हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् ।

 

केसीको दलले सुरुवातदेखि नै संघीयताको विरोध गर्दै आएको छ । केसी स्वयमले पनि प्रादेशिक संरचना खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले संघीयता देश र जनताको लागि घाँडो भएको बताउँदै आएका छन् । रिपोर्टर नेपाल बाट

सम्बन्धित समाचार