श्रेष्ठसँग पार्टी कार्यालयमा एक घण्टा सोधपुछ गर्दा पनि प्रसाईंसँग दुई करोड मागेको अडियो टेप हुदै होइन् भनेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप विषयमा सांसद डा. ढाकाकुमार श्रेष्ठसँग बसुन्धारास्थित पार्टी कार्यालयमा एक घण्टा सोधपुछ गरेको छ ।

अनुशासन समितिले मंगलबार लिएको बयानमा सांसद श्रेष्ठले प्रसाईंसँग डिलिङ गरेको अडियोको आवाज आफ्नो नभएको जवाफ दिएका छन् ।

सांसद श्रेष्ठले पार्टीबाट निलम्बनमा परेपछि दिएको स्पष्टीकरणकै भाषा समितिसँग भनेका छन् । उनले आफूलाई नियतवश फसाउन खोजिएको पनि समितिसमक्ष भनेका छन् ।

आइतबार स्वास्थ्यमन्त्री बन्न पार्टीलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै उनले प्रसाईंसँग रकम डिल गरेको अडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा प्रसाईंले उनलाई दुई करोड दिने बचन पनि दिएका छन् । साथै, यस विषयमा सोमबार अर्काे अडियो पनि सार्वजनिक भएको छ ।

सांसद श्रेष्ठसँग बयान लिएपछि समितिले सम्भव त आज मंगलबार साँझै छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ । तर, डिटेल रुपमा भने पछि मात्र सार्वजनिक गरिने तयारी गरिएको छ । न्युज २४ नेपाल बाट

सम्बन्धित समाचार