राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनमा विजयी

चितवन– २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

आज (मंगलबार) मतगणना सम्पन्न भएसँगै सार्वजनिक अन्तिम नतिजाअनुसार लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन् । उनको यो ठूलो मतान्तरको विजय हो ।

गत मंसिरको निर्वाचनमा भन्दा यसपटक ४ हजार ९१२ मत बढी ल्याएर लामिछानेले दोस्रोपटक उक्त क्षेत्रमा विजय हासिल गरेका हुन् । अघिल्लोपटक उनले ४९ हजार २६४ मत ल्याएका थिए ।

सांसद हुँदै गृहमन्त्री समेत भएका लामिछाने नागरिकता विवादको मुद्दामा अदालतद्वारा बर्खास्त भएका थिए । सोही कारण उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् । उनको साथमा सत्ता गठबन्धन हुँदा पनि लामिछानेसँग ४२ हजार ९६२ मतान्तरले पछि परे । यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएर तेस्रो स्थान हात पारेका छन् ।

सम्बन्धित समाचार