बालाजुको कोतःधुकु पेट्रोल पम्प गरिदियो महानगरले सिल….

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिदिएको छ।

 

बिहीबार महानगरको टोलीले उक्त पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको छ ।

 

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको पनि थियो ।

सम्बन्धित समाचार