राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर सरकार बीच वार्ता सुरु

काठमाण्डाै – सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।

 

सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहितको टोलीबीच वार्ता भइरहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्तिदेखि माइतीघरमा धर्ना थाल्नुभएको हो ।

 

वैज्ञानिक पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने अडान राख्नुभएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ ।

 

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग गर्नुभएको छ ।

 

माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले पनि साथ दिएका छन् । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार