गगन थापाकाे कडा चेतावनी घरको मान्छे होस् कि बार्दलीको मान्छे होस् कोही छुट्नुहुँदैन

 

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा चलिरहेको बताएका छन्। यो परीक्षामा पास हुन सकेमा मात्रै उसले गरेका वाचा पत्याउन सकिने उनको भनाइ छ।

उनले अनुसन्धान कसरी भइरहेको छ भन्नेबारे सवै नागरिकले हेरिरहेको बताए। उनले भने, ‘जसलाई छोएको छ, जसको नाम आएको छ, चाहे सलाम गर्ने होस् वा सलामी गर्नेहोस्। फेयर अनुसन्धान होस्। सरकारले छुट पाउने छैन।’

उनले भने, ‘यो विषयलाई राम्रोसँग टुंग्याए सरकारको वाचामा विश्वास हुन्छ। राज्यविरोधी अपराधमा संलग्न भएको एक एक मान्छेमाथि छानबिन होस् र कारबाही होस्। त्यो घरको मान्छे होस् कि बार्दलीको मान्छे होस् कोही छुट्नुहुँदैन। दूधको दूध, पानीको पानी हुनुपर्छ।’

यदि सरकार लकपकाएको भन्ने महसुस भयो भने विकल्पका बारेमा खोजी हुने र सरकारमाथि प्रश्न उठ्ने उनले बताए। उनले थपे, ‘अहिले सरकारको परीक्षा पनि छ। सरकारको परीक्षापछि न्यायलयको परीक्षा छ। न्यायलयले न्याय दिएँ भनेर मात्रै हुँदैन, अनुभूति हुनुपर्छ।’ अहिले नामहरु आउँदै गर्दा लाज पनि लजाउने अवस्था बनेको उनले उल्लेख गरे।

सम्बन्धित समाचार