आफूविरुद्ध मुद्दा बारे बोल्दै लामिछानेले भन्छन् घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध मुद्दा हाल्ने उद्योग नै चलाइएको भन्दै आक्रोश पोखेका छन् ।

 

आज फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ।’

 

उनको यो आक्रोश आफूविरुद्ध निरन्तर मुद्दा हालिरहेका यु्वराज पौडेल (सफल)प्रति लक्षित देखिन्छ । लामिछानेले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।’

 

उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको स्पष्ट पारेका छन् । साथै अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफैसँग भएकाले मिति यही जेठ ०९ गते सर्वोच्च अदालतमा बुझाइसकेको पनि बताएका छन् ।

 

उनले लेखेका सामाजिक सञ्जाल फेसबुकमा जस्ताको तस्तै पढ्नुहोस्

 

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

सम्बन्धित समाचार