यातायात मन्त्रालयले बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा घटायो 

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ।

 

काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा १ देखि २ रुपैयाँको दरले भाडादर घटाइएको छ। गत बिहीबारदेखि लागू गरिएको नयाँ भाडादरमा ५ किलोमिटरसम्मको दुरीका लागि १९ रुपैयाँ छ।

 

 

२० किलोमिटरभन्दा बढीको दुरीमा चल्ने सवारीको भाडा ३८ रुपैयाँसम्म कायम गरिएको छ।

 

त्यसैगरी उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुबाहक सवारी साधनमा ४ दशमलब १८ प्रतिशतले भाडा घटाएको छ।

 

मालबाहक सवारी साधनको हकमा भने हाल कामय भइरहेको भाडादरमा ५ दशमलब ३९ दशमलवका दरले घटाइएको छ।

सम्बन्धित समाचार