नेपाली प्रवासी तामाङ समाज कतारले शैक्षिक बिकास कोष प्रवर्द्धनको लागि चर्चित कलाकार उर्गेन दोङको साथमा तेस्रो “डम्फू साँझ” कार्यक्रमको आयोजना गर्ने….

दोहा कतार / नेपाली प्रवासी तामाङ समाज कतारले शैक्षिक बिकास कोष प्रवर्द्धनको लागि तेस्रो “डम्फू साँझ” कार्यक्रमको आयोजना आगामी जुन २३ तारिक गर्ने तय भएको छ ।

सस्थाले कतारको नज्मा स्थित रोयल रेस्टुरेन्टको हलमा शुक्रबार  पत्रकार सम्मेलन गरि कार्यक्रमको मिति तोकेको हो, प्रवासमा रहेर पनि आफ्नो जातिय पहिचान कायमै राख्न र तामाङ जातिको भाषा, लिपि, सस्कृती, धर्म र रितिरिवाजको संरक्षण,सम्बर्द्धनको सातही बिकास गर्नु र कतारमा रहेका सम्पुर्ण तामाङ समुदायको हकहितको लागि निरन्तर काम गर्दै आएको सस्थाका अध्यक्ष सुवास तामाङले सम्मेलन कार्यक्रममा बताउनु भयो ।

तामाङले बोल्दै गर्दा २००५ मा “तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने नारा बोकेर स्थापना भएको सस्थाले २०१२ देखि शैक्षिक बिकास कोष स्थापना गरि शैक्षिक क्षेत्रमा एस.एल.सी पास भएका केही गरिब जेहेन्दार,अनाथ तथा उत्कृष्ट छात्र छात्रालाई नगद पुरुस्कार सहित सम्मान गर्दै आएको र समुदायको विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न हौसला प्रदान गरि राज्यको कुनै पनि क्षेत्रमा पहुँच पुर्याउने उद्देश्य  को साथ कोष स्थापना भएको प्रष्ट पार्नु भएको थियो । साथै कार्यक्रमको लागि कतारको स्थानीय सरकारी निकायहरू बाट सबै प्रकारको औपचारिक प्रकृयाहरू पूरा गरी स्वीकृति प्राप्त गरिसकेको पनि जनता खबरलाई जानकारी गराएका छन ।

दोहा स्थित होटेल रेजेन्सीको हलमा हुने उक्त कार्यक्रमको  नेपालबाट आमन्त्रित चर्चित गायक उर्गेन दोङ, चर्चित म्हेन्दोमाया गायिका सबिना तामाङ र सेलो गायक तथा सङ्गीतकार बैरागी मोक्तानको डम्फू टुङ्ना र अन्य थुप्रै मौलिक बाजा र स्थानीय चर्चित कलाकारहरूको विविध साङ्गीतिक प्रस्तुतिहरुसङ्गै रम्न अनि रमाउन पाइने पनि आयोजक परिवारले बताएका छन ।

सोही क्रममा सस्थाका संरक्षक सल्लाहकार शङ्खलाल तामाङले स्थापना काल देखिनै शैक्षिक बिकास कोषले नेपालको विभिन्न जिल्लामा जिल्लाका सम्बन्धित निकायहरुसङ्ग समन्वय गरेर थुप्रै उदाहरणीय कामहरूमा सहभागी भएको र  बिशेष गरि तामाङहरुको समृद्ध सस्कार, सस्कृतिले नेपाललाई बिश्व भरी चिनाउन महत्त्वपूर्ण भुमिका रहेको हुँदा कार्यक्रम आयोजना गर्न लागेको बताउनु भएको थियो ।

उनले “डम्फू” एउटा तामाङ जातिको लोकप्रिय बाजा भएता पनि यसले समग्र नेपालको कहिँ न कहिँ कुनै न कुनै हिसाबले प्रतिनिधित्व गर्ने हुँदा यो डम्फू साझलाई सम्पुर्ण नेपालीहरुको कार्यक्रम हो भन्ने बुझेर कार्यक्रममा सम्पुर्ण कतारबासी तामाङ तथा गैर तामाङ दाजुभाइ दिदिबहिनीहरु लाई उपस्थित भइ कार्यक्रम सफल बनाउनको लागी सहयोग गर्दिनु हुन पनि अनुरोध गरेका छन ।

त्यस्तै विशेष सल्लाहकार तिर्थ थिङ तामाङले सस्थाको स्थापना देखि अहिलेसम्म गरेको केहि महत्त्वपूर्ण कामहरुको संक्षिप्त जानकारी गराउदै आगामी दिनहरूमा पनि आर्थिक तथा भौतिक रुपमा निरन्तर लागी परिरहने जानकारी गराएका थिए ।

नोट- कार्यक्रम २३ जुन शुक्रबार दोहाको होटेल रेजेन्सीको हलमा हुनेछ ।

सम्बन्धित समाचार