गैर आवासीय नेपाली संघ , एनआरएनए को आठौं मध्यपुर्ब क्षेत्रीय सम्लेन जून २८,२९ मा ओमान मस्कट मा हुँदै

 

ओमान Kashi Jetly 

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को मध्य पूर्व क्षेत्रीय सम्मलेन ओमान को मस्कट स्थित मस्कट होलि डे मा हुने भएको छ।

बुधबार साँझ अनलाईन पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

गैर आवासिय नेपाली संघ हाल सम्म ८१ ओटा देश मा रहेको छ, सन् २००३ अक्टूबर ११ तारिक का दिन स्थापना भएको यस सास्था ले विदेश मा रहेका नेपाली को हक हित का लागि निरन्तर सहजीकरण को आवाज उठाउँदै आएको छ।

अहिले ओमान मा हुन गइरहेको मध्य पूर्व एनआरएनए को आठौ क्षेत्रीय सम्मलेन मा पनि श्रमिक हरु कै हक हित मा अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ र २९ तारिख आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।

यस आयोजना सम्मेलन मा श्रमिक का मुद्दामा सम्बोधन लागि नेपाल बाट , नेपाल सरकार को तर्फ बाट
प्रमुख अतिथिको रूपमा माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, राजनैतिक दलका नेताहरू, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सरोकारवाला मन्त्रालयका सचिव , महामहिम राजदुत, अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता हरु को बाक्लो उपथिती हुने जानकारी दिनु भएको छ यस सम्मेलन मा ५०० देखि ७०० जाना को भेला हुने अनुमान गरिएको छ।

यस सम्मेलन लाई भव्य रूप मा सफल बनाउन को निम्ति पूर्ण रुपमा तयारी रहेको गैर आवासिय नेपाली संघ ओमान का अध्यक्ष बिकल झा ले जानकारी दिनु भयो, झा यस अगी २०२१-२०२३ सम्म को कार्यकाल मा पनि गैर आवासीय नेपाली संघ ओमान को अध्यक्ष पद मा थिए भने पुन २०२३-२०२५ कार्यकाल को लागि गत मार्च महिना को महाधिवेशन अध्यक्ष मा चयन भएका हुन्, झा निकै सक्रिय रूप मा अध्यक्ष पद मा काम गर्दै आएका छन्,

विगत को कोरोना कहर मा पनि गैर आवासिय नेपाली संघ ओमान का अध्यक्ष झा कै नेतृत्त्व मा मध्य पूर्व गैर आवासीय नेपाली संघ एनआरएनए र श्रमिक हरु को सहयोगमा नेपाल सरकार लाई रु ७५ लाख बराबर को ५६० अक्सिजन सिलिन्डर नेपाल बाट नेपाल वायु सेवा निगमको जहाज मा पठएका थिए।

 

सम्बन्धित समाचार