शोभाराम ओलीको उपन्यास कृति “सुलभ” बिमोचन कार्यक्रम कतार सम्पन्न….

दोहा कतार / नेपाली भाषा साहित्यको विभिन्न बिधामा रहेर कलम चालाउने कयौं बिशिस्ट हस्तिहरु छन, कोहि देशभित्रै बसेर लेखककै रुपमा सक्रिय छन भने कोहि बाध्यात्मक रुपमा श्रमजीवी अर्थात श्रमिक बनेर वैदेशिक रोजगारीको सिलसिलामा संसारको कुनै न कुनै कुनाबाट नेपाली साहित्यिक कलम बेग्र रुपमा अनब्रत चलाई रहेका छन ।

यस्तै लामो समयदेखि कतारलाई आफ्नो कर्म थलो बनाउदै आएका लेखक शोभाराम ओलीद्वारा लिखित उपन्यास “सुलभ” को शुक्रबार भब्य रुपमा बिमोचन गरिएको छ ।

कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा अन्तरास्ट्रिय रोल्पाली सेवा समाजको समन्वयमा सस्थाको अध्यक्ष दिपेन्द्र डागीको सभापतित्व, नेपाली जनप्रगतिशिल मंच कतारको अध्यक्ष बुद्दिप्रसाद भन्डारीको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा केही बिशिस्ट अथितिहरुको साथमा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाहरुका प्रमुख, कलाकार, पत्रकारहरु, बुद्धिजीवी, समाजसेवीहरुका साथै उल्लेखनीय बिशिस्ट साहित्यकार तथा साहित्यप्रेमी पाठकहरुको बिचमा ब्यानर अनावरण को साथै दिप प्रज्वलन गरि राष्ट्रिय गान सङ्गै कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम संयोजक गोपाल डागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम लेखक ओलीलाई बधाई तथा शुभकामना दिदै गर्दा थुप्रै वक्ताहरुले”सुलभ”को चर्चा परिचर्चा सहित आ-आफ्नो बिचार राखेका थिए । सोही क्रममा प्रमुख अथिती भन्डारीले साहित्यिक शब्दहरु मार्फत समाजका विभिन्न  यथार्थ घटना परिघटनाहरुलाई चित्रण गर्न खोजिएको कृति “सुलभ”को लेखक ओलीलाई साहित्यिक यात्रा निरन्तर सफलताको शुभकामना दिदै गर्दा कार्यक्रममा बोलेका वक्ताहरुको केहि भनाइहरु माथी टिप्पणी पनि गर्नु भएको थियो ।

भन्डारीले आफू पनि साहित्यप्रेमी भएको र परदेशी भुमिमा रहेर पनि यसरी नेपाली साहित्यमा निरन्तर कलम चलाइ रहने लेखक तथा साहियकारलाई धन्यवाद दिएका थिए ।  तत्कालीन जनआन्दोलनको बिषयलाई मुख्य भुमिकामा राखेर तयार पारेको कृतिले समग्र नेपालको शोषित, पीडित र उत्पीडनमा परेका जन जिवनहरुको यथार्थ कथा भएकोले कसैलाई चाहिने नचाहिने भन्दा पनि सबैले एक पटक “सुलभ” पढ्नु पर्ने धारणा पनि राखेका थिए भने यस्ता साहित्यिक कार्यकमहरुलाई कुनै  ब्यक्ति तथा पाटी पङ्तीसङ्ग जोडेर विभिन्न किसिमको आक्षेप लगाउन र टीका टिप्पणी नगरेर त्यसको साक्षेरतालाई बुझेर सकारात्मक कुराहरु बोल्नु पर्ने  बताएका थिए ।

साथै भन्डारीले कतारमा रहेका अग्रसर ब्यक्तिहरुले भन्दै आउनु भएको र साच्चिकै बढ्दो बिक्रीती बिसङ्गतीलाई सबै मिलेर सल्लाह र समन्वयन गरेर अघि बढ्ने हो भने त्यसलाई न्यूनीकरण गर्न सकिने पनि बताएका थिए ।

कार्यक्रममा नमोदित साहित्यिक बाचनालय कतारका अध्यक्ष पुछार घरेले “सुलभ” को समिक्षात्मक ब्याख्या गर्दै सुलभ कसरी जन्यो र त्यसभित्रका कथाबस्तु घटनाक्रम  पात्र र तिनिहरुको भूमिकाको बारेमा प्रष्ट पारेका थिए । साथै कथाभित्र  मुख्य पात्रको रुपमा लाले, काले, डोमा, कान्छीमाया, सरु लगायतले आफ्नो भुमिका मार्फत देशको प्राकृतिक सम्पदा, भौगोलिक अवस्था, मायाप्रेम, मिलन बिछोड, बर्गिय संघर्षका कुरा, जनयुद्धको कुरा,दुखको कुरा,गाउको कुरा हिमाल पहाड तराइको कुरा,बन जङ्गलको कुरा खोला नालाको कुरा, सहरको कुरा हुँदै वैदेशिक रोजगारीको सिलसिला र यथार्थ जीवन भोगाइका कुराहरूलाई सरल तरिकाबाट समेटिएकोले सुलभले पाठकहरुलाई निराश नबाउने कुरामा बिस्वस्त पारेका थिए । भने कार्यक्रममा सागर नेपाल, ठाकुर परियार, महिला समाजकी अध्यक्ष सरिता भन्डारी पौडेल लगायतले बोलेका थिए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारको महासचिव केशर खनालले औपचारिक र नबोदित साहित्यिक बाचनालयका महासचिव सोम थापाले सहजीकरण गरेको कार्यक्रममा कवि तिर्थ सङ्गम राइ, प्रेमप्रसाद भट्टराई, स्यामराज रानाभाट, शेखर बस्नेत, लिलानाथ घिमिरे, टीका खड्का’राष्ट्रप्रेमी’, आभास परियार, धर्म सन्देश, दिप मिलन, सानू थपलिया, माया केसी, तिलु शर्मा पौडेल, बिन्दा लामा सोम थापा लगायत करिब बीस जना साहित्यका हस्तिहरुले आ-आफ्ना साहित्यिक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

लेखक शोभाराम ओलीले आफ्नो धारणा राख्दै गर्दा रोजगारीको सिलसिलामा आफु कतारमा कार्यरत डिउटी पश्चात् बचेको समयलाई सदुपयोग गरेर आफुले सुलभलाई यहाँ सम्म ल्याएको  बताएका थिए । ओली थप भन्छन कसैले भन्छन जिन्दगी सुख दु:खको बरदान हो, कसैले भन्छन जिन्दगी दुई दिनको खेल हो, तर “सुलभले भन्छ जिन्दगी ती सबैको एउटा अर्थपूर्ण प्रतिबिम्ब हो ।”

अन्तमा कार्यक्रमका सभापति दिपेन्द्र डागीले कार्यक्रममा उपस्थित सबैलाई उपस्थितिको लागि आभार व्यक्त गर्दै लेखक लाई “सुलभ” सफलताको शुभकामना दिदै र सम्पूर्ण पाठक ज्युहरुलाई एक पटक सुलभ खोजेर पढिदिन अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित समाचार