प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो राष्ट्रिय अधिवेशन ईश्वर पोखरेलकाे उपस्थितिमा सम्पन्न

प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । मलेसिया को राजधानी क्वालालाम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा अधिवेशन सम्पन्न भएकाे हाे।

उक्त अधिवेशनमा मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतिक दलका नेताहरु,एनआरएनका अध्यक्ष बिनोद थापा र मलेसियाकाे जोहोर पेनाङ्ग र अन्य राज्य बाट नेपाली श्रमिकहरूको ब्यापक रुपमा सहभागीता थियो।

नेपालबाट प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् पुर्व उप-प्रधानमन्त्री ईश्वर पोखरेल उपस्थिति हुनु भएको थियाे । उहाँले पानसमा दीप प्रज्वलन गरेर अधिवेशन कार्यक्रमको सुभारम्भ गर्नुभयो ।

पोखरेलले मन्तब्य राख्दै भन्नुभयाे,”पाटी बलियो हुनका लागी नेतृत्वको गर्ने व्यक्ती सक्षम र इमान्दारी भए मात्रै संगठन लाई राम्रो ढंगले अघि लैजान सकिन्छ । ” प्रवासी नेपाली मञ्च मलेसियाले दुःख पिडा अलपत्र परेका नेपाली श्रमिकलाई सहयो गरि स्वदेश फिर्ता गर्न विशेष भूमिका खेल्न पनि उहाँले आग्रह गर्नुभयो ।

 

उहाँले भन्नुभयो,” मलेसिया आउनु मेराे समय फुर्सद नभएको तर अध्यक्ष केपी शर्मा ओलीले एक दिनका लागी मात्र भएनी गैदिनुस् भनेपछि आएको हुँ । ” ओलिको प्रशंसा गर्दै उहाँले भन्नुभयो,”कोरोना समयमा गरेका कामका र भारत सँगकाे चुच्चे नक्सा बारेका अन्य विषयमा उहाँले राम्रो काम गर्ने सफल भएको जिकिर गर्नु भयो l

भौतिक योजना तथा पूर्वाधार विभाग प्रमुख कृष्ण केसी नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत लगायत प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यमा सम्पन्न भएकाे छ।

उत्त कार्यक्रममा कलाकार गायक बद्री पंगेनी गायिका पुर्णकला बि सि,करिश्मा ढकाल राजेश बर्देवा लगायतले सांस्कृतिक प्रस्तुति दिनुभ‌एको थियो ।बिभिन्न मिडियाकर्मीहरूको पनि सहभागि थियो र उत्त अधिवेशनले दयाराम कुमालको अध्यक्षतामा नयाँ सदस्यीय प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया सर्वसम्मत रुपमा चयन गरिएको हो ।

[ ] को को चयन भए ?

अध्यक्ष : दयाराम कुमाल
उपाध्यक्ष: जिवन देवान गाउँले
उपाध्यक्ष: खगेन्द्र श्रेष्ठ
सचिव : कृष्ण खड्का
सहसचिव: दिनेश खप्तडि
सहसचिव: रविन कार्की
सदस्य हरु…
डिल्ली न्यौपाने
चित्रबहादुर थापा
टोपनारायण भण्डारी
नेत्र खड्का
छविलाल गिरी
मोहन खाती
राधिका क्षेत्री

 

 

सम्बन्धित समाचार