८ कलाकारमाथिको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझायो वानएक्स बेट प्रकरण

जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाइएको बताए ।

प्रहरीले अनुसन्धानपछि सरकारी वकिललाई कस्तो राय दिइएको छ भन्ने उनले खुलाएनन् । सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अदालतमा अभियोग पत्र दर्ता गर्नेछ ।

प्रहरीले यो प्रकरणमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाएको छ ।

प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको प्रहरीले जनाएको थियो ।

 

सम्बन्धित समाचार