आज शुक्रबारको बैठकमा पनि एमालेको अवरोध राष्ट्रिय सभाको

काठमाडौं

नेकपा एमालेले राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि अवरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा नआए संसद् चल्न नदिने अडान लिइरहेको छ।

एमालेको संसदीय दलको बैठकले आफ्ना दुवै सदनका सचेतकलाई प्रधानमन्त्रीको राजीनामा नआउन्जेल बैठक चल्न नदिन निर्देशन दिएको छ। एमालेले बुधबारदेखि राष्ट्रिय सभामा अवरोध गर्दै आएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार