दुःखद खबर हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको शव फेला

काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ५ जनाको मृत्यु भएको छ ।

 

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा ५ जनाको शव भेटि सकिएको जानकारी दिनुभएको छ।

 

बेनी प्रहरी चौकीबाट असईसहित २ जना दुर्घटनास्थल पुगिसकेको र जिल्लाबाट थप प्रहरी पठाइएको उहाँले बताउनुभयो। उहाँले भन्न्ुभयो, ’जिल्लाबाट १२ जना नेपाल प्रहरी र ९ जना नेपाली सेनालाई पठाइएको छ । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ । एक जनाको पनि शवका टुक्रा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभएको छ।

 

आज बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले बताएको छ ।

 

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

सम्बन्धित समाचार