गैर आवासीय नेपाली संघ(NRNA)मलेसिया क्षेत्रीय समिति जोहोरले जुलाई १६ आईतवार चौथो अधिवेशन गर्दै।

मलेसिया: गैर आवासीय नेपाली संघ(एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले आउँदो जुलाई १६ तारीख आइतबारका दिन चौथो अधिवेशन गर्ने भएको छ।

 

उक्त क्षेत्रीय समिति जोहोर अन्य क्षेत्रीय समिति भन्दा सकृय रहेको छ । दुःख पिडामा परेका नेपाली श्रमिकलाई सहयोग पनि गर्दै आइरहेको छ ।

 

कोरोना भाइरसकाे समयमा एकले अर्काकाे नजिक जान समेत नसक्ने अवस्थामा पनि धेरै नेपाली श्रमिकलाई उसले राहात वितरण गरेको थियो।

 

आईतवार हुने अधिवेशन बाट नयाँ कार्यसमिति चयन गर्ने र बिभिन्न व्यक्तिकोहरुको उपस्थिति सँगै केद्रबाट पनि विशिष्ट पदाधीकारीहरुको उपस्थिति रहने समेत आयोजक समितिले जनाएको छ।

 

अधिवेशनकाे संयोजक अध्यक्ष हरि बस्नेतले गरेका छन् । कार्यक्रममा मलेसियाको जोहोर राज्यमा रहेका ब्याबसायिक पत्रकार,कलाकार खेलाडि, विभिन्न कम्पनिमा कार्यरत श्रमिक लगायतको उपस्थितिकाे लागि सुचना जारी गरीएको छ ।

 

कार्यक्रम यहि २०२३ जुलाइ १६ तारीखमा हुँदै छ । Teega Suites Puteri Harbour 27th Floor Iskandar Puteri Johor 79250 स्थानमा बिहान १० बजे देखि सुरु हुने उत्त कर्यक्रम भब्य रुपमा सम्पन्न गर्न लागिएको युवा संयोजक छविलाल गिरीले नेपाली जनता खबर लाई जानकारी दिनुभयो।

 

सम्बन्धित समाचार