शुक्रबार नेपाल आउँदै अमेरिकी सहायक विदेश मन्त्री लु

काठमाडौं ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार राजनीतिक भेटघाट बाहेक लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । लु ले यसअघि एमसिसी परियोजना संसदबाट पारित हुनअघि र पारित भएपछि पनि नेपाल भ्रमण गर्नुभएको थियो ।

सम्बन्धित समाचार