NRNA अध्यक्ष भएँभने मासिक २ हजार रिंगेट कोषमा जम्मा गर्छु र श्रमिककाे हक हितमा काम गर्छु- राकेश महतो

मलेसिया: एनआरएनए मलेसियाको अध्यक्ष पदका लागि चर्चामा छन् राकेश प्रसाद महतो । उनले जुलाई १५ तारीखमा पत्रकार सम्मेलन गर्दै घोषणा पत्र सार्वजनिक गरेका थिए। महतो मलेसियामा विगत २४ बर्ष देखि बसोबास गर्दै आएका छन् । उनि मलेसीया २४ बर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा श्रमिककै रुपमा प्रवेश गरेका थिए । महतो भन्छन् “भने म १४ बर्षसम्म कम्पनीमा साधारण श्रमिकको रुपमा काम गरेको मान्छे हो।”

१४ बर्ष पछि भने उनि व्यापार ब्यवसायमा सक्रिय भएका हुन् । मलेसियामा किराना पसल , रेष्टुरेन्ट , होस्टेल म्यानेजमेन्ट , मिनिमार्ट लगायत संचालन गर्दै आएका छन् महतो । नेपालमा पनि आरके ब्रोदर्श प्राइभेट लिमिटेड कम्पनी ,आरके सप्लायर्स , कैयौं किसिमको ब्यापार ,ब्यवसायमा सक्रिय रूपमा लागि परिरहेका छन् ।

मलेसियामा पनि सामाजिक कार्यमा उनी सकृय भएर लागि परेका छ्न । नेपाली श्रमिकलाई र उनीहरुको समस्यालाई बुझेर सहयोग गर्दै आएका छन् महतोले । नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतो भन्छ्न यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्य लिएको छु ।

उनले घोषण पत्रमा पनि लेखेका छ्न -म अध्यक्ष भएपछि मासिक २ हजार रिंगेट कोषमा जम्मा गर्छु । दुतावास सँग निरंतर सहकार्य गरेर मलेसीयामा रहेका बिभिन्न संघ संस्थासँग जोडिएर श्रमिकको हक हितको लागि काम गर्छु । उनले भनेका छ्न ।

 

 

 

सम्बन्धित समाचार