प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न।

 

प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार विमानस्थल भन्सारबाट जाँच पास भइपछि राजश्व अनुसन्धानको टोलीले एक अर्ब रुपैयाँ बराबरको करिब १ सय केजी सुन बरामद गरेको थियो ।

 

विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न सबैकमाथि कारबाहीको तयारी भएको बताए । तत्काल निलम्बन गरेर उनीहरुमाथि छानबिन गरिने उनले जनाए । पौडेलले त्यति ठूलो परिमाणमा तस्करीको सुन कसरी जाँचपास भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार