एनआरएनए मलेसियाको इतिहासमानै पहिलो पटक निर्वाचन प्रकृया बाट नयाँ नेतृत्व चुनीने

मलेसिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका आउँदो कार्यकाल २०२३-२०२५ का निम्ति तिन जनाको अध्यक्ष पदका लागी दाबी परे सँगै सामाजीक सञ्जाल यो समयमा तातिएको छ।

 

जुलाई २२ तारीख आइतबार उम्मेदवारी दाबी फिर्ता गर्ने समयमा अन्य पदहरु सचिव, कोषाध्यक्ष, महिला उपाध्यक्ष, युवा संयोजक, युवा उपाध्यक्ष पदहरुमा भने पदबमोजिम मात्र उम्मदेवारी परेपछि सबैजना निर्विरोध भएका छन् भने अध्यक्ष पदमा ३ जना उम्मेदवार र महासचिवमा भिडन्त हुने भएको छ ।

 

मलेसियाको ८ औं राष्ट्रिय अधिवेशनबाट आगामी २०२३-२०२५ को नयाँ कार्यकालको लागि यहीँ जुलाई ३० मा अधिवेशन गर्ने तयारी भए लगतै गत जुलाई १५ तारिख शनिबार उम्मेदवारी दर्ताको भए संगै अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गरेको थिए ।

एनआरएनए मलेसियाको इतिहासमा पहिलो पटक निर्वाचन प्रकृया मार्फत अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीने भएको हो। बिगतमा सहमतिबाट अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीदै आए पनि यसपालि भने निर्वाचन बाट हुने भएको छ ।

 

निर्वाचन समितिले जुलाई २२ तारिख शनिबारको दिन सार्वजनिक गरेको सूचना नमावली अनुसार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका बिनोद बहादुर थापा, राकेश प्रसाद महतो, सन्तोष कार्की र महासचिवमा बिमल राना, टेक बहादुर अधिकारी बाहेक अन्य उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

 

जसमा निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्षमा इन्द्र नारायण लिम्बू, रन्जित कुमार क्षेत्री, दिल कुमार केरुङ, हेमराज सापकोटा, निर्विरोध निर्वाचित भएका छन्। एनआरएनएका विधान अनुसार उपाध्यक्ष पदमा ६ जनाएको हुनुपर्ने भए पनि उपाध्यक्ष पदको उम्मेदवारीमा ५ जनाले मात्र उम्मेदवारी परेको थिए। भने एकजना उपाध्यक्ष निर्वाचनका दिन मनोनीत गर्ने निर्वाचन समितिले जनकारी दिएकाे छ ।

 

अध्यक्ष पदका लागि शनिबार अन्तिम समय सम्म कोही पनि सहमतिमा आउन नमानेपछि निर्वाचन प्रक्रियामा जाने भएको हो। अध्यक्षमा बिनोद कुमार थापा, राकेश प्रसाद महतो, र सन्तोष कार्की, महासचिव पदको लागि बिमल राना, टेक बहादुर अधिकारीको प्रतिस्पर्धा चलिरहेको छ।

 

गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन जुलाई आइतबार Hotel Grand Continental Kuala Lumpur हुँदै छ उक्त अधिवेशनमा कार्यक्रममा राष्ट्रिय कलाकार हरुको पनि प्रस्तुति रहने आयोजक समिति ले जनाएको छ।

सम्बन्धित समाचार